नियम २८
सङ्क्रामक रोगको व्यवस्थापन
(१) सङ्क्रामक रोगको बिरामी पहिचान भएमा सम्बन्धित व्यक्तिले सोको जानकारी तत्काल सम्बन्धित स्थानीय तह, प्रदेश सरकार वा मन्त्रालयलाई दिनु पर्नेछ ।
(२) उपनियम (१). बमोजिम जानकारी. प्राप्त भएकोमा सङ्क्रामक रोगको रोकथामको लागी सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहबाट सम्भव नहुने भएमा मन्त्रालयले तत्काल द्वृत प्रतिकार्य टोली खटाई रोग नियन्त्रण गर्नु पर्नेछ।
(३) सङ्क्रामक रोगको रोकथामको लागि सम्बन्धित सरकारले देहाय बमोजिम गर्न सक्नेछः-
(क) स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी परिचालन गर्न,
(ख) सङ्क्रामक रोगको उपचारको लागि छुट्टै डेडिकेटेड अस्पताल तोक्न,
(ग) सार्बजनिक भवन तथा स्थल प्रयोग गर्न,
(घ) सङ्क्रामक रोग लागेको वा रोग लागेको शंका लागेको व्यक्तिको रोगको अन्वेषण गर्न,
(ङ) सङ्क्रमणको स्रोतबाट नमूना सङ्कलन गर्न वा नष्ट गर्न,
(च) सङक्रमित व्यक्तिलाई खोप लगाउन तथा अन्य उपचार गर्न, (छ) सङ्क्रमण हुन सक्ने सम्भावित व्यक्तिहरुलाई क्वारेन्टिनमा राख,
(ज) कुनै विशेष ठाउँमा निश्चित समयको लागि छुट्टै (आइसोलेसन) _राखी उपचार गर्न।
(४) उपनियम (३) को खण्ड (घ), (ङ), (च), (छ। र (ज) बमोजिमको अवस्थामा नियम ७ बमोजिम सम्बन्धित व्यक्तिको सुसूचित सहमति आवश्यक पर्ने छैन।
(५) सङ्क्रामक रोगको प्रकोपको प्रकृति, लक्षण, रोकथाम र नियन्त्रण तथा अन्य आवश्यक सूचनाहरु मन्त्रालय, सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहले समय समयमा सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराउनु पर्नेछ ।
(६) सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न -मन्त्रालय, सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले सार्वजनिक सूचना प्रकाशन गरी आवश्यकता अनुसार आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेशको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
(७) स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उपचारको क्रममा सङ्क्रमण हुनबाट रोक्न वा अन्य कुनै कारणबाट रोगको सङ्क्रमण हुन नदिन सरकारी स्वास्थ्य संस्थाको हकमा सम्बन्धित संस्थाको प्रमुखले र अन्य स्वास्थ्य संस्थाको हकमा व्यवस्थापकले देहाय बमोजिमको उपाय अवलम्बन गर्नु पर्नेछः-
(क) स्वास्थ्यकर्मी तथा बिरामीको सम्पर्कमा आउने सबै कर्मचारीलाई रोगको सङ्क्रमण रोकथामको लागि आवश्यक खोप दिने,
(ख) सङ्क्रामक रोगको जैविक नमूना सङ्कलन र परीक्षण गर्ने काम गर्ने व्यक्तिले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका उपाय अनिवार्य रुपमा अवलम्बन गर्ने,
(ग) विकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीलाई विकिरण रोक्ने सामग्री तथा सङ्रचना उपलब्ध गराउने,
(घ) गर्भवती स्वास्थ्यकर्मीलाई विकिरणयुक्त तथा कुनै खास सङ्क्रमण वा जोखिमयुक्त कार्यमा नलगाउने,
(ङ) कुनै खास सङ्क्रमण बा जोखिमबाट कर्मचारीलाई जोगाउन व्यक्तिगत सुरक्षाका साधन तथा कुनै खास उपाय अबलम्बन गर्नु पर्ने भए सोको प्रबन्ध गर्ने।